Logo

अर्थ

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडियो



लमजुङ । दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् उदिपुर सबस्टेसनमा जोडिएको हो ।

कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदौ‌ २०७८ देखि विद्युत् उत्पादन गर्नुपर्ने थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०८:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।