Logo

अन्तर्राष्ट्रिय

तान्जानियाबाट दिल्ली पुगेका व्यक्तिमा ओमिक्रोन



काठमाडौं । भारतको बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो संक्रमित भेटिएका छन् । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले संक्रमित तान्जानियाबाट आएको बताए । विमानस्थलमा परीक्षणपछि उनी ओमिक्रोनद्वारा संक्रमित भएको जानकारी पाइएको हो । उनलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ ।

एलएनजेपी अस्पतालका एमडी सुरेश कुमारले अस्पतालमा भर्ना भएका ओमिक्रोनका बिरामीको घाँटी सुन्निएको, थकान र शरीर दुखाईको लक्षण देखिएको जानकारी दिए । यसअघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका थिए । यस्तै, मुम्बई र बेंगलुरुमा पनि ओमिक्रोनका संक्रमित भेटिइसकेका छन् । यससँगै भारतमा ओमिक्रोनका कूल ५ संक्रमित भेटिइसकेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १४:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।