नेपालमा आज वितेकाे २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा १२ हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा २ सय ८० जना संक्रमित थप भएका जनाएकाे छ ।
मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण गदा २ सय ५५ र ३ हजार ६ जनाकाे एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।
नेपालमा हाल ६ हजार २ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना विरुद्धकाे खाेप २ लाख ८३ हजार १ सय ३२ जनाले लगाएका छन् ।





















प्रतिक्रिया