Logo

अर्थ

मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा



मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको २४ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनश र करसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।