Logo

समाचार

थप २५९ जनामा कोरोना संक्रमण,३ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ८७ जनाको नमूना परीक्षण गर्दा २ सय ५९ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षण गदा २ सय ३२ र ४ हजार १५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा ३ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ३ लाख २९ हजार ३ सय २१ जनाले लगाएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १६:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।