Logo

कर्पोरेट फोकस

प्रभु बैंककाे वार्षिक साधारणसभा पुस १८ गते



प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसन गर्ने गरिने सम्बन्धी प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई सभाले अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस ४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले प्रस्तावित लाभांश पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।