Logo

समाचार

नेपालमा थप २५४ जनामा कोरोना संक्रमण,१ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय ८२ जनाको नमूना परीक्षण गर्दा २ सय ५४ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गदा २ सय ४२ र २ हजार ४ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ८ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ६९ हजार ५ सय ८० जनाले लगाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १७:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।