नेपालमा आज वितेको २४ घण्टामा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय ८२ जनाको नमूना परीक्षण गर्दा २ सय ५४ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गदा २ सय ४२ र २ हजार ४ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ८ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ६९ हजार ५ सय ८० जनाले लगाएका छन् ।





















प्रतिक्रिया