पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव र प्रलोभनमा हाम्रो सांस्कृतिक सम्पदा र सनतनीय संस्कारमा ह्रास आएको बताएका छन । महाकुम्भ मेलामा सहभागी हुन हरिद्धारमा रहेका शाहले हाम्रो धर्म, सभ्यता, संस्कृतिका अनेकन आदर्शहरु विश्वकै मानवीय मूल्यलाई डो-याइरहेको बताए ।
पूर्वराजा शाहले निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य अर्थपूर्ण रहेको पनि बताए । उनले वातावरणलाई प्रदूषणमुक्त बनाउन आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुने बताए ।
उनले धर्म बचाउन, संस्कृतिको रक्षा गर्न र मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्ने बताए ।
























प्रतिक्रिया