Logo

मनोरञ्जन

रानी र अलिफको युगल स्वर ‘यस्तो माया’ सार्वजनिक (भिडियो)



चर्चित लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश यस्तो माया गीत सार्वजनिक भएको छ ।

गीतकार निशा अर्यालको शब्द,रचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज गरेका छन् ।
नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत यस्तो माया भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिकं:

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १६:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।