Logo

समाचार

नेपालमा १८१ जना कोरोना संक्रमण,१ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा १ सय ८१ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गदा १ सय ३३ र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ९७ हजार २६ जनाले लगाएका छन्।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १७:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।