Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टिमलाई केल्मीको प्रयोजन

सम्झौता पत्रमा हस्ताक्षर




काठमाडौं । राष्ट्रिय क्रिकेट टिमलाई केल्मी नेपालले प्रयोजन गर्ने भएको छ । काठमाडौंमा आज एक कार्यक्रमका बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
क्यान अध्यक्ष चन्दले सम्झौता दुई वर्ष समय अवधिको रहेको बताए ।

सम्झौता अनुसार केल्मीले नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता प्रदान गर्नेछ । वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्नेछ । सम्झौता लगभग ६५ लाख बराबरको रहेको छ ।

केल्मीका निर्देशक न्यौपानेले केल्मीका लागि यो सम्झौता खुसीको दिनका रुपमा रहेको बताए । ‘हामीले यो सम्झौता दुई वर्षका लागि गरेपनि पछि थप्दै जानेछौ । हाम्रो सहकार्य लामो समयसम्म रहिरहने विश्वास छ,’ न्यौपानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथी महेश्वर गहतराजले नेपाली क्रिकेटका लागि महत्वपूर्ण क्षणको रुपमा रहेको बताए । केल्मीको सहयोगले खेलाडीहरुको खेलकुद सामाग्रीको अभाव नहुने विश्वास मन्त्री गहतराजले व्यक्त गरे । ‘यसले खेलाडीको मनोबल उठाउने छ,’ उनले थपे ।

केल्मीले नेपालका विभागीय टोली, भलिबल टिम साथै अन्य खेलकुद संस्थाहरुलाई प्रायोजन गर्दै आएको छ ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।