Logo

खेलकुद

‘मिलेर अघि बढ्नुपर्छ, सबैका लागि टिमको ढोका खुला छ’ : सन्दीप लामिछाने



नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

नवनियुक्त कप्तान लामिछानेले आफूहरूसँग गर्नका लागि धेरै काम रहेको बताएका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानले गएको बुधवार कप्तान नियुक्त गरेपछि आज आइतवार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘सबै सहयोगी देशले हाम्रो पूर्ण समर्थन गरेका छन् । क्यान र आईसीसीसँग छलफल गरेर हामी पूर्ण सदस्य देशको रूपमा पुग्नुपर्छ । हामीले गर्नुपर्ने काम धैरै छ र हामी सबै मिलेर जे पनि हासिल गर्न सक्छौँ ।

यस्तै सन्दीपले टीमलाई अघि बढाउनका लागि सबैका लागि ढोका खुला रहेको बताएका छन् । ‘एक टिमको रूपमा हाम्रो योजना सरल रहने छ । नेपालको क्रिकेटलाई अघि बढाउन हामी एक परिवार, एक टीम, एक इकाइको रूपमा खेल्नेछौँ । यस टिमको ढोका सबैका लागि खुला रहनेछ’, सन्दीपले लेखेका छन।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार २०:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।