Logo

खेलकुद

नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन



काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ ।

बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो।

अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो।

श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०६:४२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।