काठमाडौं । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।
काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका सरल सहयात्रीले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए ।
उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराईले जित हात पारिन् ।
१० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराति चुनाव भएको हो । अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो ।
अध्यक्ष – सरल सहयात्री
उपाध्यक्ष – रुपा महर्जन
उपाध्यक्ष- प्रेमबहादुर पुलामी
उपाध्यक्ष- राम प्रसाद ढुङ्गाना
सचिव – इन्द्रबहादुर थिङ
सह सचिव- दल बहादुर बुर्लाकोटी
सह सचिव- माधव प्रसाद लामिछाने
सह सचिव-प्रकाश श्रेष्ठ
कोषाध्यक्ष- संगीता भट्टराई ।


















प्रतिक्रिया