ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि थप नौ वटा सेनिटाइजर कम्पनीद्वारा उत्पादीत सेनिटाइजर विक्रि बितरणमा रोक लगाइएको छ ।विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ ।
प्रतिबन्ध लगाइएका स्यानिटाइजर कम्पनीहरुमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजर रहेका छन् ।
त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको (पहेँलो रंर्ग) र रंग नमिसाइएको रहेका छन् । विभागले यस अघि पनि नौ वटा सेनिटाइजर कम्पनीलाई कार्बाही गरेको छ ।
विषाक्त सेनिटाइजर मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले विभागले पटकपटक गुणस्तहिन सेनिटाइजर बिक्री बितरणमा रोक लगाएको छ ।




















प्रतिक्रिया