Logo

खेलकुद

अस्ट्रेलियाको टिममा बोलान्ड समावेश



अस्ट्रेलियाले फास्टबलर स्टक बोलान्डलाई एसेस सिरिजको तेस्रो टेस्ट खेलका लागि टोलीमा समावेश गरेको छ । मेलवर्नमा २६ तारिखबाट इंग्ल्यान्डविरुद्ध हुने तेस्रो टेस्टका लागि बोलान्डलाई समावेश गरेको हो ।

बोलान्ड पहिलो पटक टेस्ट टिममा समावेश भएका हुन् । उनले अस्ट्रेलियाका लागि १४ एकदिवसिय र तीन टी–ट्वान्टी खेलेका छन् । अस्ट्रेलियाको घरेलु प्रतियोगितामा भिक्टोरियाका लागि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

३२ वर्षीय बोलान्डले न्यू साउथ वेल्स विरुद्ध दुई खेलमा १५ विकेट हात पारेका थिए । उनले यसै महिनाको सुरुआतमा इंग्लीस लायन्सविरुद्धको खेलमा अस्ट्रेलियाको ‘ए’ टिमका लागि खेलेका थिए । मिचेल स्टार्क तेस्रो टेस्ट नखेल्ने सम्भावना रहेको बताइएको छ । पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलियाको २–० अग्रता बनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १५:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।