बाइडेनले घर-घरमा कोरोनाविरुद्धको शीघ्र जाँच गर्ने नि:शुल्क उपकरण ५०० मिलियन मात्रा पठाउने घोषणा गरेका छन् । उनले डिसेम्बर २१ मंगलबारका दिन जाडो मौसमलाई मध्यनजर गर्दै उक्त घोषणा गरेका हुन् ।
विद्युतीय माध्यम (अनलाइन) बाट घरबाटै आदेश दिन सकिने छ । खोप लगाइएका अमेरिकीहरूलाई उनीहरूले छुट्टी योजनाहरू रद्द गर्न आवश्यक नपर्ने भन्दै बाइडेनले आश्वासन दिन खोजेका हुन् ।
राष्ट्रपति जो बाइडेनले मंगलबार आधा अर्बको घरमै जाँच गर्ने द्रुत कोभिड-१९ परीक्षण खरिद गरी योजना घोषणा गर्ने सिएनएनले जनाएको छ ।
जाडो महिनाको आगमनसंगै अमेरिकामा संक्रमण वृद्धि हुँदै गएकमा जनतालाई नयाँ कार्यक्रम लिएर बाइडेन आउन लागेका हुन् । ५०० मिलियन अर्थात् ५० करोड नयाँ परीक्षणहरू अर्को महिना उपलब्ध गराइनेछ र हुलाकमार्फत अमेरिकीहरूमा पुग्नेछ, अधिकारीले भने ।
प्रशासनले अझै पनि प्रत्येक परिवारले कतिवटा परीक्षणहरू अनुरोध गर्न सक्छ भनेर निर्धारण गर्न काम गरिरहेको छ । राष्ट्रपतिको नयाँ पहलहरूमध्ये जनवरी र फेब्रुअरीमा देशभरका अधिक चाप भएका अस्पतालहरूमा तैनाथ गर्न १००० सैन्य सेवा सदस्यहरू तयार गर्ने योजना छ, प्रशासन अधिकारीहरूले भने । ती सेवा सदस्यहरूमा चिकित्सक ,स्वास्थ्य परिचारिका र अन्य सैन्य चिकित्सा कर्मचारीहरू समावेश हुनेछन् ।




















प्रतिक्रिया