काठमाडौँ विश्वका ५० प्रदुषित शहरमध्ये पहिलो नम्बरमा परेको छ । प्रदूषण बढ्दा काठमाडौँ उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको हो ।
प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।
हावाको वहाव बढेमा वा पानी परेमा समस्या समाधान हुने मौसमविदको भनाइ छ ।




















प्रतिक्रिया