Logo

कर्पोरेट फोकस

सुनको मूल्य बढ्यो ,प्रतितोला कति ?



नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले बढेको हो ।आइतबार ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सयले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : चैत्र ३०, २०७७ मंगलबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।