Logo

स्वास्थ्य

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु



चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।