Logo

स्वास्थ्य

तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए ।

उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द गरी अनलाइनमार्फत कक्षा व्यवस्थित गर्न सिफारिस गरेका छौँ । यसबारे मन्त्रीपरिषद र सिसिएमसीले निर्णय लिन्छ ।’ सबैतिर बन्द गर्नेभन्दा कोभिड देखिएका स्थानमा विद्यालय बन्द गर्ने गरी प्रस्ताव गरिएको उनको भनाइ छ ।

विद्यालय बन्द गरिएपनि अनलाइनमार्फत पठन पाठनलाई निरन्तरता दिन सकिने उनले बताए । मन्त्रालयले सिफारिस गरेपनि यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा निर्णय हुनुपर्नेछ । 

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।