Logo

प्रमुख समाचार

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।

उनले स्थानीय सरकार रिक्त रहने परिकल्पना नगरिएको भन्दै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु अगावै चुनावको तयारी भएको बताए । उनले आयोगले वैशाख २० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति सिफारिस गर्ने तयारी गरेकोसमेत बताए ।

निर्वाचन आयोगले हाल मतदाता नामावली संकलनको काम गरिरहेको छ ।

तर, हालसम्म सरकारले चुनावको मितिबारे भने कुनै छलफल अगाडि बढाएको छैन । ६ महिना पदावधि थप्न सकिने संवैधानिक व्यवस्था भएकाले आगामी वैशाखमै चुनाव हुनेमा आशंका छ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार ०७:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।