Logo

खेलकुद

कारबाओ कपको सेमिफाइनलमा चेल्सी, लिभरपुल र टोटनहम



काठमाडौं । चेल्सी, लिभरपुल र टोटेनहम इंग्लिस कारबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएका खेलमा चेल्सीले बर्नफोर्डलाई २–०, लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टीमा ५–४ र टोटेनहमले वेष्टह्यामलाई २–१ गोल अन्तरले हराएका हुन् । जितसँगै तीनै टिम सेमिफाइनल पुगेका हुन् ।

त्यसअघि, आर्सनल सण्डरल्यान्डलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अब फाइनलका लागि लिभरपुल र आर्सनल तथा चेल्सी र टोटेनहम भिड्नेछन् ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार ०७:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।