Logo

स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए २०१ संक्रमित 



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १६१ जना, ललितपुरका २८ जना र भक्तपुरका १२ जना छन् ।

यससँगै नेपालमा लगातार दोश्रो दिन पनि कोरोना संक्रमित हुनेको संख्या ५०० भन्दा माथि पुगेको छ । मंगलबार पाँच हजार २०३ जनामा भएको पीसीआर परीक्षणमा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।