नेपालमा आज वितेको २४ घण्टामा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा २ सय ९३ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ५ सय १० जनाको पीसीआर परीक्षण गदा २ सय ४१ र २ हजार १ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ८२ हजार ६ सय ४१ जनाले लगाएका छन्।





















प्रतिक्रिया