Logo

समाचार

नेपालमा २६० जना नयाँ कोरोना संक्रमित थपिए,१ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण गर्दा २ सय ६० जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गदा २ सय ३७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा ३ सय ४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ३ लाख २९ हजार ३ सय ७१ जनाले लगाएका छन्।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १६:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।