Logo

अन्तर्राष्ट्रिय

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो



हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएको स्मारकलाई हटाइएको छ ।

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो । एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति ‘पिलर अफ शेम’ हटाइएको थियो ।

यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो ।

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए । चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ । मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।

तस्बिर : गेट्टी इमेज

प्रकाशित मिति : १० पुष २०७८, शनिबार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।