Logo

शृंगार

जाडोमा चाँयाबाट छुटकारा पाउन अपनाउनुहोस् यी ३ उपाय



जाडो मौसममा जसरी छाला सुख्खा हुन्छ, त्यसै गरी टाउको पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा जाडोमा कपालसँगै टाउकोको पनि विशेष ख्याल राख्नुपर्छ । सुक्खा टाउको र बढ्दो चायाका कारण कपाल झर्न सक्छ । यस्तो अवस्थामा कपालमा हप्तामा एक वा दुई पटक तेल लगाउनु पर्छ ।

तेलले टाउकोको मसाज गर्दा छाला सफा हुन्छ । यसो गर्नाले जमेको फोहोर, प्रदूषण र चाँया आदि हट्छ । केही उपाय अपनाएमा चिसो मौसममा पनि कपाल र टाउकोलाई स्वस्थ बनाउन सकिन्छ ।

कागती–नरिवलको तेलले मसाज

जाडोमा कपाल र टाउकोको छाला निकै सुख्खा हुन्छ । सुख्खा हुनाले चाँयाको समस्या सुरु हुन्छ । चाँया कै कारणले कपाल झर्छ । जाडोमा चाँयालाई नियन्त्रण गर्नु पर्छ नत्र कपाल धेरै झर्ने र रुखो हुने समस्या बढ्न सक्छ ।

कपालमा धेरै चाँया भएमा कागतीको रस लगाउनुहोस् । नरिवलको तेलमा थोरै कागतीको रस मिसाएर यसलाई औँलाको सहायताले टाउकोमा लगाउनुहोस् । १ देखि २ घण्टाको लागि छोड्नुहोस् । त्यसपछि माइल्ड स्याम्पुले कपाल सफा गर्नुहोस् ।

एन्टि डेन्ड्रफ स्याम्पुको प्रयोग

जाडो मौसममा जुनसुकै स्याम्पु प्रयोग गर्नु हुँदैन । विशेषज्ञसँग परामर्श लिएर एन्टि डेन्ड्रफ स्याम्पु प्रयोग गर्नपर्छ । उत्कृष्ट परिणामको लागि स्याम्पुमा टि–ट्रि तेल तथा पेपरमिन्ट तेलको केही थोपा मिसाउँनुहोस् । यसो गर्दा छिटो नतिजा प्राप्त गर्न सकिन्छ ।

नीमको तेलको प्रयोग

चायाँको धेरै समस्या छ भने कपालमा राम्रो गुणस्तरको नीमको तेल लगाउनुहोस् । यसबाट टाउको चिलाउने, फोहोर हुने, सुख्खा हुने, चायाँ हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसलाई हप्तामा दुई पटक प्रयोग गर्नुहोस् । यस तेललाई स्याम्पुमा पनि मिसाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : ०१ बजे