नेपालमा आज वितेको २४ घण्टामा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ६ सय ७७ जनाको नमूना परीक्षण गर्दा २ सय १९ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गदा २ सय १३ र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ८३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ७६ हजार ३ सय ३० जनाले लगाएका छन्।





















प्रतिक्रिया