नेपालमा आज वितेको २४ घण्टामा २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा २ सय ७१ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गदा २ सय ५१ र १ हजार ७ सय २९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय २५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ४ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ५ लाख ६८ हजार ३ सय १९ जनाले लगाएका छन्।





















प्रतिक्रिया