Logo

समाचार

नेपालमा २४१ जना नयाँ कोरोना संक्रमित थपिए,शून्य पुग्याे मृत्यु संख्या



नेपालमा आज वितेको २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा २ सय ४१ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको पीसीआर परीक्षण गदा २ सय ३५ र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय २८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेकाे छ ।

नेपालमा हाल ४ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ५६ हजार १ सय १२ जनाले लगाएका छन्।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार १७:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।