नेपालमा आज वितेको २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा २ सय ४१ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको पीसीआर परीक्षण गदा २ सय ३५ र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय २८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेकाे छ ।
नेपालमा हाल ४ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ५६ हजार १ सय १२ जनाले लगाएका छन्।






















प्रतिक्रिया