ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत डिनको कार्यालयले हस्तक्षेप गर्ने गरेकोप्रति आपत्ति जनाउँदै पुल्चोक क्याम्पस अन्तर्गत सिभिल इन्जिनियरिङ क्याम्पसका प्रा.डा. दुर्गाप्रसाद संग्रौलाले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन ।
उनले विज्ञप्तिमा डिनको कार्यालयले स्पष्ट निर्देशिका विना नै केन्द्रहरु खोल्ने, आसेपासेहरुलाई नियुक्ति दिने गर्नाले पुल्चोक क्याम्पसलाई शैक्षिक कार्यक्रम गर्न असजिलो बनाइरहेको उल्लेख छ । विज्ञप्तिमा विभाग अन्तर्गत रहेका रिसर्च कमिटीलाई वेवास्ता गर्दै विभागका सुझावलाई डिन कार्यालयले वेवास्ता गर्नु दुःखद भएको र यसले प्राज्ञिक क्षति हुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विभागहरुले स्थापित मुल्य मान्यता र स्वतन्त्ररुपमा अध्ययन अनुसन्धान हुने नगरेको साथै शैक्षिक उपाधि प्रदानमा ठाडो हस्तक्षेप गर्ने गरेको उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ति जस्ताको तस्तै :
प्रतिक्रिया