Logo

स्वास्थ्य

डिन कार्यालयको हस्तक्षेपप्रति विभागीय प्रमुखको आपत्ति



ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत डिनको कार्यालयले हस्तक्षेप गर्ने गरेकोप्रति आपत्ति जनाउँदै पुल्चोक क्याम्पस अन्तर्गत सिभिल इन्जिनियरिङ क्याम्पसका प्रा.डा. दुर्गाप्रसाद संग्रौलाले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन । 

उनले विज्ञप्तिमा डिनको कार्यालयले स्पष्ट निर्देशिका विना नै केन्द्रहरु खोल्ने, आसेपासेहरुलाई नियुक्ति दिने गर्नाले पुल्चोक क्याम्पसलाई शैक्षिक कार्यक्रम गर्न असजिलो बनाइरहेको उल्लेख छ । विज्ञप्तिमा विभाग अन्तर्गत रहेका रिसर्च कमिटीलाई वेवास्ता गर्दै विभागका सुझावलाई डिन कार्यालयले वेवास्ता गर्नु दुःखद भएको र यसले प्राज्ञिक क्षति हुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा विभागहरुले स्थापित मुल्य मान्यता र स्वतन्त्ररुपमा अध्ययन अनुसन्धान हुने नगरेको साथै शैक्षिक उपाधि प्रदानमा ठाडो हस्तक्षेप गर्ने गरेको उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ति जस्ताको तस्तै :

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।