Logo

समाचार

नेपालमा २४१ जना नयाँ कोरोना संक्रमित थपिए,२काे मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ३१ जनाको नमूना परीक्षण गर्दा २ सय १६ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ९ सय ६२ जनाको पीसीआर परीक्षण गदा २ सय १३ र १ हजार ६ सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु २ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा हाल ४ हजार ९ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप १ लाख ३३ हजार ८ सय १२ जनाले लगाएका छन्।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।