Logo

समाचार

आज नेपालमा ३२६ जना नयाँ कोरोना संक्रमित थपिए,२काे मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ९८ जनाको नमूना परीक्षण गर्दा ३ सय २६ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ७ सय जनाको पीसीआर परीक्षण गदा २ सय ९१ र २ हजार ७ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु २ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा हाल ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १६:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।