नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १ हजार २८१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ३४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ७हजार २ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५५ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया