Logo

स्वास्थ्य

यी ४० स्थानीय तहमा मंगलबारबाट बन्द हुँदैछन् विद्यालयहरू (नामावली सहित)



 सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा शैक्षिक संस्थाहरू  वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

बैठकको निर्णय अनुसार काठमाडौँ उपत्यकाका कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिका बाहेकका सबै महानरपालिका र नगरपालिकाका विद्यालयहरू बन्द हुने भएको हो । 

यसै गरी विराटनगर, इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, वीरगन्ज, भरतपुर र पोखरा, घोराही, तुलसीपुर, नेपालगन्ज र धनगढी महानगर/उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुने भएका छन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले भौतिक रूपमा उपस्थित नभएर वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्ने पालिकाहरूमा राजविराज, मेचीनगर, बिर्तामोड, धुलिखेल, भीमदत्तनगर, दमक, बनेपा, सिद्धार्थनगर र वीरेन्द्रनगरलाई समावेश गरेको छ ।

nirnaya.JPG

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ६ : ५९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।