काठमाडौँ । कोरोना संक्रमणको जोखिमलाई रोकथाम गर्न सरकाले नयाँ आदेश पारित गरेको छ ।
सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ पारित गरिएको जानकारी दिएका छन् ।
मन्त्री गुरुङका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाउने, मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा अनिवार्य मास्क लगाउनु पर्ने लगायतका नियम लागु गरेको हो ।
साथै सवारी साधनमा सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र उनीहरूले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने बताएका छन् । चलक/सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क उपलब्ध गराएर पनि यात्रु चढाउन सकिने व्यवस्था रहेको छ ।
आज सार्वजनिक भएको निर्णयले बैठकले विवाह, व्रतबन्ध, चाडपर्व वा भीडभाड हुने कार्यक्रममा अधिकतम २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश दिएको छ ।
साथै होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम उल्लेख रहेको छ ।
प्रतिक्रिया