Logo

कर्पोरेट फोकस

मंगलबार सुन सामान्य रकमले घट्दा चाँदी भने स्थीर 



यस साताको शुरुवातदेखि निरन्तर बढेको सुन मंगलबार भने घटेको छ । मंगलबार छापापाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

एक कारोबार दिन अगाडि छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

साताको तेस्रोदिन पनि चाँदीको मूल्य भने स्थीर रहेको छ । नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार चाँदी १३ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

 

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  १२ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।