Logo

स्वास्थ्य

 अस्पतालका कर्मचारी सहित तीन कोरोना संक्रमितको मृत्यु 



नेपालमा थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी सहित तीन  जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्जका ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष रहेका छन् । नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश एकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ८५ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।