Logo

मनोरञ्जन

गायक दिपेन्द्र बुढाक्षेत्रीको काठे दोहोरी गित ‘माछी बस्यो लेवैमा‘ सार्वजनिक (भिडियो सहित)



काठमाण्डौ । गायक दिपेन्द्र बुढाक्षेत्रीको काठे दोहोरी गित माछी बस्यो लेवैमा‘ सार्वजनिक भएको छ ।

गितको भिडियोमा युवा र युवती बिचको प्रेम र भावनालाई झल्काउन खोजीएको छ । विगत लामो समय देखि गित संगित क्षेत्रमा संर्घष गर्दै आएका प्रतिभाशाली युवा गायक दिपेन्द्र बुढाक्षेत्री र गायिका सुशिला गिरीको स्वर रहेको छ।

गीतमा शब्द गायिका गिरीको नै रहेको छ भने गीतमा संगीत बबुल क्षेत्रीले गरेका हुन्। गितको एरेन्ज स्वंम गायक बुढाक्षेत्रीले गरेका छन् ।
भिडियोलाई ज्ञानेन्द्र शर्मा र टिमले छायाँकन गरेका छन् भने प्रकाश एस.के ले सम्पादन गरेका हुन्। भिडियोमा निशान एस.केकोे निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र लोनिसा लामिछानेको अभिनय रहेको छ। भिडियोलाई एमबिडि स्टुडियोको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिंक:

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १३:५१   :  बजे

621
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।