Logo

स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक महिला कर्मचारीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार बिहान अस्पतालको प्रशासन शाखामा कार्यरत ती महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

अस्पतालका कोभिड फोकल पर्सन डा सन्तकुमार दासका अनुसार ५८ वर्षीया महिला कर्मचारीको मृत्यु भएको हो। उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।