काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक महिला कर्मचारीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार बिहान अस्पतालको प्रशासन शाखामा कार्यरत ती महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका कोभिड फोकल पर्सन डा सन्तकुमार दासका अनुसार ५८ वर्षीया महिला कर्मचारीको मृत्यु भएको हो। उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया