बैंक अफ काठमाण्डू लिमिटेडले बैकका ग्राहकलाई मा १० प्रतिशत सम्म छुट दिने भएको छ ।
बैंक र The Sushi Bar Multi-Fusion Cuisine बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १०% छुट पाउने व्यवस्थामा लिखित सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहकले The Sushi Bar Multi-Fusion Cuisine मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% छुट पाउन सक्नेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । The Sushi Bar Multi-Fusion Cuisine ले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





















प्रतिक्रिया