नेपालमा आज वितेको २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय २९ जनाको नमूना परीक्षण गर्दा १४ सय ४६ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गदा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाकाे मृत्यु भएकाे छ ।
नेपालमा हाल ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २ लाख १० हजार ५ सय ५४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।





















प्रतिक्रिया