Logo

समाचार

आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि,२ जनाकाे मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय २९ जनाको नमूना परीक्षण गर्दा १४ सय ४६ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गदा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा हाल ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २ लाख १० हजार ५ सय ५४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन‍् ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १७:२०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।