Logo

प्रमुख समाचार

स्मार्ट लकडाउन गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै



कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ । कोरोना संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार ११:१६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।