Logo

स्वास्थ्य

जनयुद्धका बेला घाइते र बेपत्ता भएका परिवारलाई सरकारद्धारा निशुल्क स्वास्थ्य बिमा



दाङमा जनयुद्ध तथा जनआन्दोलनकाबेलाघाइते, शहीदर वेपत्ता परिवारहरुको निस् शुल्क स्वास्थ्य बिमा गरिईएको छ ।

नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीद तथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी निस् शुल्क बिमा गरिदिएकोे छन् ।

घोराही वडा नं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका घाइते, शहीदर वेपत्ताका १८ घर परिवारका करिब एकसय जना बसोवास गर्दै आएका छन् ।
वडाध्यक्ष शक्तिराम डाँगीले हिजो सोमवारदेखि वडाले वर्षिक बजेटबाट घाइते, शहीदर वेपत्ता परिवारको निुशल्क स्वास्थ्य बिमा गरिदिएको बताएका हुन् ।

यस्तै वडा नं. १७ का ३१ घर परिवारका एकसय ५५ जनाको निस् शुल्क स्वास्थ्य विमा गराइएको घोराही वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले बेताउनु भयो । ।
शहीद बेपत्ता र घाइते परिवारको हकमा स्वास्थ्य विमा लागू गर्दा लाग्ने रकम वडाले नै भुक्तानी गरिदिएको पनि अध्यक्ष चौधरीले बेताउनु भयो । बिमाबाट घाइते शहीदर वेपत्ता परिवारले वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार पाउँने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १४:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।