Logo

शेयर बजार

नेप्सेमा सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोध



नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई बार्षिक नविकराण् शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको धिलोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको हो । नेप्सेको सूचना अनुसार चुक्ता पूँजी ५० करोसम्मको ५० हजार, ५० देखि माथि १ लाख धितोपत्र बार्षिक नवीकरण शुल्क तोकेको छ । त्यस्तै डिवेन्चर र म्युचुअल फण्डको बार्षिक  नवीकरण शुल्क ५० करोड सम्मको २५ हजार र ५० करोड माथिको ५० हजार शुल्क तोकेको छ । 

कम्पनीले नेप्सेको शाखा रहेको ग्लोबल आईएमइ बैंक लिमिटेडको खाता नं. ७५०१०१००००७७५ मा नेप्से अपरेटिङ अकाउन्ट नामको खातामा रकम बुझाई [email protected] मा मेल पठाउन पर्नेछ । 

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  १ : २२ बजे