Logo

अर्थ

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड



काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन परेको छ । यसमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ ।

आईपीओ खरिदका लागि आवेदन दिने ४४ हजार २०७ वटा आवेदन भने बदर भएको छ ।

कुल सदर आवेदकमध्ये ७० हजार ५५० जनालाई १० कित्ताका दरले ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ बाँडफाँड गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार ११:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।